Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Thursday, September 8, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल भाद्र २४ गते । शुक्रबार  । ईश्वी सन् २०१६ सेप्टेम्बर ०९ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । बर्षा ऋतु । श्रीशाके १९३८  । भाद्र शुक्ल अष्टमी । नक्षत्र ज्येष्ठा । काठमाडौंमा सूर्योदय ५ बजेर ४७ मिनेट, सूयास्त बेलुका ०६ बजेर १४ जादा । दिनमान ३१ घडी ०८ पला । 
मेष (चु चे चो ला लि लु ले लो अ) संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्यमा श्वास प्रश्वास सम्बन्धि तथा चिसोको समस्या बड्नेछ । बिद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । 
बृष (ई ऊ ए ओ बा बि बु वे वो)  साझेदारि ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।  बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ ।  बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि जुर्नेछ ।  मिथुन (का की कु घ ङ छ के को हा) वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच  घनिष्टता बढेर जानेछ । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण, रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । बिद्यामा सफलता पाइने तथा अरु भन्दा अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तान बाट  तपाईले गरेको काममा सहयोग हुनेछ  । ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल पाईनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । धन तथा भौतिक सम्पतिहरु आकस्मिक लाभ हुनेछ । छोरा छोरिको प्रगतिमा रमाउन सकिनेछ । 
सिहं (मा मी मु मे मो टा टि टु ट) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ  । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुनेछ ।
कन्या (टो पा पि  पू ष ण ठ पे पो) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । 
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) ब्यापार ब्याबसायमा घाटा सहनु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टाएर जानेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउन  निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिवाद सिर्जना हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा नहुने र दाईहरु सँग मनमुटाब बढ्ने हुदा मन चिन्तित भईरहनेछ । 
कुम्भ (गू गे गो सा सि सू से सो दा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि समाल्नु पर्नेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाट हुनेछ । लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । 
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment