नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल असोज ०६ गते । बिहिबार । ईश्वी सन् २०१६ सेप्टेम्बर २२ तारिख । नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८ । आश्विन कृष्ण षष्ठी ११ बजेर १६ मिनेट पछि सप्तमी । नक्षत्र रोहिणी । काठमाडौंमा सूर्योदय ५ बजेर ५२ मिनेट, सूयास्त बेलुका ०५ बजेर ५८ जादा । दिनमान ३० घडी १५ पला । षष्ठी श्राद्ध र सम्तमी श्राद्ध ।
मेष (चु चे चो ला लि लु ले लो अ) कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिबो प्रभाब बढ्ने हुँदा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । बिद्यामा राम्रै प्रगति भएर जानेछ भने मध्यन्न पछि बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । छिमेकि तथा दाजुभाई सँग मित्रता बढेर जाने तथा तपाईको काममा सहयोग प्राप्त होला । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ । आफन्तजन बाट नै धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।
मिथुन (का की कु घ ङ छ के को हा) स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै ने संघर्ष गर्नुपर्नेछ । बिद्यामा चाहेजस्तो प्रगति नहोला । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्याबसायमा लगनि बढाउदा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा धोका हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । ब्यापार ब्याबसायमा कृषि तथा पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । सरकारि धन सम्पति तथा पैतिक धन हाललागि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) मान, सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बड्नेछ । प्रेममा धोका हुन सक्छ । बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाट हुनेछ । लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । शेयर बजार तथा सट्टाको ब्याबसाय फस्टाएर जानेछ । आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनाले स्वास्थ्यको ख्याल गर्नुहोला । बिद्यामा सफलता पाउँन निकैनै संघर्ष गर्नु पर्नेछ । पति पत्नि बिच मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) घर परिवार बिशेष गरि पति पत्नि बिचको सम्बन्धमा दुरी बड्नेछ । प्रेममा धोका हुन सक्छ ख्याल गर्नुहोला । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । यात्रा गर्दा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना हुन सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । बाहिरि बातावरणमा घुलमेल हुँन नसक्दा स्वास्थ्य सम्बन्धि सामान्य समस्याले पिरोल्नेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
मकर (भो जा जी खी खू खे खो गा गी¬) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आफन्तसँग छुटिनुपर्दा मन खिन्न हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) ) आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त, छिमेकि ,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) बोलिको प्रभाब बढ्नुको साथै महत्वपुर्ण निर्णयहरुमा आज हस्ताक्षर गर्नु राम्रो हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजनको अवसर मिल्नेछ । कुटुम्ब सँग सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बोलेकै भरमा काम बन्ने हुँनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । ब्यापार ब्याबसायमा सोचेजस्तै आम्दानि हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:
Post a Comment