आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल असोज १३ गते । बिहिबार । ईश्वी सन् २०१६ सेप्टेम्बर २९ तारिख । नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८ । आश्विन कृष्ण चतुर्दशी । नक्षत्र पूर्वफाल्गुनी । काठमाडौंमा सूर्योदय ५ बजेर ५५ मिनेट, सूयास्त बेलुका ०५ बजेर ५२जादा । दिनमान २९ घडी ४६ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) एकोहोरो माया प्रेमले सताईरहनेछ भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाटनै धोका हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुनेछ ।
मिथुन (का की कु घ ङ छ के को हा) वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्रा तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगतले मन प्रशन्न हुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) मान, सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बड्नेछ । प्रेममा धोका हुन सक्छ । बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला । बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्श गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने योग रहेको छ ध्यान दिनुहोला ।
तुला ( रा री रु रे रो ता ती तू ते ) ब्यापार ब्याबसायबाट सन्तोषजनक आम्दानि हुनेछ । तरल पदार्थ, पानि तथा हाईड्रोपावरमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय सक्छन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ । चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । पुराना साथिभाईबाट सहयोग हुनेछ ।
मकर (भो जा जी खी खू खे खो गा गी¬) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
मीन (दी दू थ झ ञ दे दो चा चि )ऋण, रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:
Post a Comment