Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Monday, September 19, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल असोज ०४ गते । मंगलबार  । ईश्वी सन् २०१६ सेप्टेम्बर २० तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८  । आश्विन कृष्ण चतुर्थी २५ घडि २९ पला । नक्षत्र भरणि ४८ घटि २६ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ५२ मिनेट, सूयास्त बेलुका ०६ बजेर ०१ जादा । दिनमान ३० घडी २३ पला । चतुर्थी श्राद्ध ।
मेष (चु चे चो ला लि लु ले लो अ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । तपाईको आकर्षक ब्याक्तित्वदेखि सबै आकर्षित हुनेछन् ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । 
मिथुन (का की कु घ ङ छ के को हा) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ ।  तरल पदार्थ, पानि तथा  हाईड्रोपावरमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आय आर्जका बाटाहरु फराकिला हुनछन् ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् ख्याल गर्नुहोला । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ । 
सिहं (मा मी मु मे मो टा टि टु ट) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय सक्छन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ । चुनौतिहरुका पर्खालहरु आफै  ढल्नेछन्  । पुराना साथिभाईबाट सहयोग हुनेछ । 
कन्या (टो पा पि  पू ष ण ठ पे पो) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) एकोहोरो माया प्रेमले सताईरहनेछ  भने पति पत्नि बिच मनमुटाब बड्न सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाटनै धोका हुनेछ । 
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ धयान दिनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद , बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ । 
धनु (ये यो भा भी भू ध फा ढा भ) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ  । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट  तपाईले गरेको काममा सहयोग हुनेछ  । ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
मकर (भो जा जी  खी खू खे खो गा गी¬) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ  । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आफन्तसँग छुटिनुपर्दा मन खिन्न हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) ) आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त, छिमेकि ,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । 
मीन (दी दू थ झ ञ दे दो चा चि ) बोलिको प्रभाब बढ्नुको साथै महत्वपुर्ण निर्णयहरुमा आज हस्ताक्षर गर्नु राम्रो हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजनको अवसर मिल्नेछ । कुटुम्ब सँग सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ  । बोलेकै भरमा काम बन्ने हुँनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । ब्यापार ब्याबसायमा सोचेजस्तै आम्दानि हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment