आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल असोज ०७ गते । शुक्रबार । ईश्वी सन् २०१६ सेप्टेम्बर २३ तारिख । नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८ । आश्विन कृष्ण सप्तमी ७ घडी ५४ पला । बिहान ०९ बजेर ०३ मिनेट पछि अष्टमी । नक्षत्र मृगशिरा ३६ घडी ५८ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ५३ मिनेट, सूयास्त बेलुका ०५ बजेर ५७ जादा । दिनमान ३० घडी ११ पला । श्राद्ध सम्तमी र अष्टमी श्राद्ध ।
मेष (चु चे चो ला लि लु ले लो अ) आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त, छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो)बोलिको प्रभाब बढ्नुको साथै महत्वपुर्ण निर्णयहरुमा आज हस्ताक्षर गर्नु राम्रो हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजनको अवसर मिल्नेछ । कुटुम्ब सँग सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बोलेकै भरमा काम बन्ने हुँनाले मन प्रशन्न हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । ब्यापार ब्याबसायमा सोचेजस्तै आम्दानि हुनेछ ।
मिथुन (का की कु घ ङ छ के को हा) मान, सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा साबधानि अपनाउनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाईसँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानशिक तनाब बड्नेछ । प्रेममा धोका हुन सक्छ । बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) ब्यापार ब्याबसायमा घाटा सहनु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टाएर जानेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरण बढेर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ । आफन्तजन बाट नै धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।
तुला ( रा री रु रे रो ता ती तू ते ) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । आफ्नो परम्परा तथा सस्कृतिको जगेर्ना गर्ने काममा दिन बित्नेछ । बिद्यामा सफलता प्राप्त गर्नको लागि बडिनै मेहनेत गर्नुपर्ला । मध्यान्ह पछि राजनितिक भेटघाट तथा सामाजिक काममा ब्यस्त भईयला । मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । पदोन्नति तथा नयाँ काम पाउने योग रहेको छ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) घर परिवारमा आउँने दैनिक समस्याले सताईरहनेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या देखा पर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) साझेदारि ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
मकर (भो जा जी खी खू खे खो गा गी¬) निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ धयान दिनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद , बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । ब्यापार ब्याबसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:
Post a Comment