आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल भाद्र २० गते । सोमबार । ईश्वी सन् २०१६ सेप्टेम्बर ०५ तारिख । नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । बर्षा ऋतु । श्रीशाके १९३८ । भाद्र शुक्ल चतुर्थि ३२ घडि २८ पला । नक्षत्र चित्रा ३२ घडि २१ । काठमाडौंमा सूर्योदय ५ बजेर ४५ मिनेट, सूयास्त बेलुका ०६ बजेर १८ जादा । दिनमान ३१ घडी २३ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) साझेदारि ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । तपाईको ब्याक्तित्व देखि सबै मोहित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बृष (ई ऊ ए ओ बा बि बु वे वो) वादबिवाद तथा प्रतिश्पर्धामा जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । नयाँ काम आउने तथा पुरानो काम फत्ते हुनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ । मिथुन (का की कु घ ङ छ के को हा) स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । ब्यापार ब्याबसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) सामाजिक तथा राजनितिक काममा आफन्त, साथिभाई तथा शुभचिन्तक बाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । सवारि साधन तथा घर जग्गाको ब्यापार ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ । प्रेम प्रसङगमा मन रमाउनेछ । कृषि तथा पशुपालन ब्याबसाय बाट राम्रो आम्दानि हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने मनग्ने आम्दानि हुनेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्रा तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगतले मन प्रशन्न हुनेछ ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । गरिएका लगानिबाट राम्रो प्रतिफल पाईनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईने अब्बल हुनुहुनेछ भने बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला । बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । लामो तथा बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने तथा स्वास्थ्यमा समस्या आउनेछ ध्यान दिनुहोला ।
धनु (ये यो भा भी भू ध फा ढा भ आम्दानिका बाटाहरु फराकिला हुनेछन् भने ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । आए आर्जन गर्ने नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । बिद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । मााया प्रेम तथा पति पत्निबिच घनिष्टता बढेर जानेहुनाले परिवारमा घुसियालि छाउनेछ ।
मकर (भो जा जी खी खू खे खो गा गी) मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आमा बाबुबाट तपाईको काममा सहयोग हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) धार्मिक कार्यका मन जानेछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट नाफा कमाउँन समय प्रशस्त दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परेको भान हुनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आउँने दैनिक समस्याले सताईरहनेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या देखा पर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।
No comments:
Post a Comment