आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल असोज १४ गते । शुक्रबार । ईश्वी सन् २०१६ सेप्टेम्बर ३० तारिख । नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८ । आश्विन कृष्ण औंषी ५६ घडी ०६ पला । नक्षत्र उत्तरफाल्गुनी ३९ घडी ०९ पला । योग शुक्क १५ बजेर ५० मिनेट पछि ब्रहा । करण चतुष्पद १५ बजेर ४७ मिनेछ पछि नाग । चन्द्रमा कन्या रासिमा । काठमाडौंमा सूर्योदय ५ बजेर ५५ मिनेट, सूयास्त बेलुका ०५ बजेर ४९ जादा । दिनमान २९ घडी ४२ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) वादबिवाद तथा प्रतिश्पर्धामा जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ । अघि पछि तपाईको कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै जानेछन् ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो) शेयर बजार तथा सट्टा पट्टाको कारोबार सोचेजस्तो हुने छैन । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले बल्झनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदसन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ ।
मिथुन (का की कु घ ङ छ के को हा) कृषि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राय सल्लाह अरुबाट लिदै निर्णय तपाई आफैले गर्नु उत्तम हुुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । गरिएका लगानिबाट राम्रो प्रतिफल पाईनेछ भने ब्यापार ब्याबसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा राम्रै प्रगति हुनेछ । बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला । बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्स गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने योग रहेको छ ध्यान दिनुहोला ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।
मकर (भो जा जी खी खू खे खो गा गी¬) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । बिद्यामा सफलता पाईनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ । धार्मिक कार्यका मन जानेछ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । ब्यापार ब्याबसायमा अलि बढि समय दिनु पर्नेछ । बैक तथा बित्तिय क्षेत्र तथा सट्टाको ब्याबसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा राम्रै प्रगति भएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । एकोहोरो माया प्रेमले सताईरहनेछ । धन सम्पति तथा भौतिक सम्पति हराउँन तथा लुटाउन सक्छ ध्यान दिनुहोला ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) बिद्या, वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । प्रेम प्रशङगले दिन रमाईलो हुनेछ भने पति पत्नि बिच थप बिश्वास बढेर जानेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा हुनेछ । छोटो तथा रमाईलो यात्राको अवसर प्राप्त हुनेछ । राजनिति तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।
No comments:
Post a Comment