Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Thursday, September 1, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल भाद्र १७ गते । शुक्रबार  । ईश्वी सन् २०१६ सेप्टेम्बर २ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । दक्षिणायनं । बर्षा ऋतु । श्रीशाके १९३८  । भाद्र शुक्ल प्रतिपदा १४ बजेर २३ मिनेट उप्रान्त द्धितीया । नक्षत्र पूर्वाफाल्गुनी १२ बजेर ३५ मिनेट उप्रान्त उत्तरफाल्गुनि । काठमाडौंमा सूर्योदय ५ बजेर ४३ मिनेट, सूयास्त बेलुका ०६ बजेर २१ जादा । दिनमान ३१ घडी ३५ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । धन तथा सम्पति लाभ हुन सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । पेट सम्बन्धि सामान्य समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । सन्तान तथा आफन्तहरुले साथ दिनेछन् ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
मिथुन (का की कु घ ङ छ के को हा) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ   । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्या सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा   को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) ब्यापार ब्याबसायमा सन्तोष जनक कमाई हुनेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । मिहनेत गर्दा बिद्यामा राम्रै प्रगति हुनेछ । बोल्दा ध्यान दिनुहोला खरो बोली बोल्दा काम बिग्रन तथा बोलिको प्रभाब घट्न सक्छ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा सामान्य खटपट हुनेछ । सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । गरिएका लगानिबाट राम्रो प्रतिफल पाईनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा राम्रै प्रगति हुनेछ ।  बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ ।
कन्या (टो पा पि  पू ष ण ठ पे पो) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला ।  बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्श गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने योग रहेको छ ध्यान दिनुहोला ।
तुला ( रा री रु रे रो ता ती तू ते ) ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ  । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरण बढेर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा सम्मानजनक जित हात पर्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) ब्यापार ब्याबसायमा खासै प्रगति हुने छैन ।  मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । बुवा तथा बुवा सरहका मानिससँग बिवाद बड्नेछ । काम गर्दा ख्याल गर्नुहोला राज्जलाई दण्ड, जरिवाना तिर्नुपर्ला  तथा गलत आक्षेप लाग्न सक्छ । आफन्त तथा नजिकका मानिसबाट काममा धोका हुनसक्छ । गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा बिचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) मानशिक चिन्ता बड्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ख्याल गर्नुहोला । माया प्रेम तथा पति  पत्निबिच केहि बिषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा पछि परेको भान हुनेछ  । मध्यान्ह पछि  धन माल हराउन तथा लुटिन सक्छ सजक रहनु होला । ब्यापार ब्याबसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) लामो तथा रमाईलो यात्राहुने हुदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुनेछ । सवारि साधनको प्राप्तिको योग रहेको छ । पारिवारिक सम्बन्ध, दाम्पत्य जिवत तथा माया प्रेममा सामिप्यता बढेर जानेछ  । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिपरित लिङगप्रतिको आकर्षण बढेर जानेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या देखा पर्नेछ । वादबिवाद तथा प्रतिश्पर्धामा आफ्नो उपश्थिति नजनाउनुनै उत्तम रहेको छ  । मुद्दा मामिलामा हुने निर्णयहरु तपाईको पक्षमा हुने छैनन् ।  धन तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ भने खर्च बढ्ने हुदा आर्थिक कारोबार समाल्न मुस्किल पर्नेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment