Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Tuesday, August 16, 2016

नमस्कार 
नवयूग ज्योतिष परापर्श सोवा केन्द्रमा यहाँहरुलाई हार्दिक स्वागत छ । 
आज म कुण्डलिमा राजनिति तथा राजनितिज्ञको बारेमा चर्चा गर्न गईरहेको छु । राजनिति भनेको राज्य सञ्चालन गर्न आवस्यक कानुन निर्माण  गरि त्यहि कानुनका आधारमा देशमा शासन गर्नु भन्ने बुझिन्छ । देश संचालन गर्न आवस्यक पर्ने कानुन र कानुन कार्यान्वयन गर्ने गराउने ब्याक्तिको कुण्डलिमा कस्तो प्रकारको राजयोग हुन्छ जो ब्याक्ति जनताबाट निर्बाचित भई संसद मन्त्रि तथा प्रधानमन्त्रि तथा कार्यकारि पदका पुग्छ । कुण्डलि तथा ज्योतिष शाश्त्रमा राजयोग भएमात्र ब्याक्ति एउटा कुसल राजनेता बन्न सक्छ जुन चर्चा यहाँ गरिएको छ ।
राजनितिको प्रमुख कारक ग्रह सूर्य, चन्द्रमा, बृहस्पति तथा राहु मानिन्छन् र अन्य ग्रहहरुले पनि सपोर्ट गर्नुपर्ने हुन्छ । यदि कुण्डलिमा यि चार ग्रह राम्रो स्थितिमा हुनु जरुरी हुन्छ । कुण्डलिमा  १२ भाबहरु ह्ुन्छन् ति मध्य पहिलो भाव, चौथौ भाव, पञ्चम भाव, छैटौ भाव, नवम भाव, दसम भाव तथा ११ भावले राजनितिको प्रतिनिधित्व गर्दछन् । पहिलो भाव ब्याक्ति स्वयम हो जसले ब्याक्तिको छबि, नेतृत्व क्षेमता, चौधौ भावले जनता तथा चुनाब । पाचऔ भावले मन्त्रि तथा पन्त्रिपरिषदमा उपस्थितिलाई जनाउदछ । छैटौ भावले प्र्रतिश्पर्धा तथा सत्रुको प्रतिनिधित्व गर्दछ । राजनितिमा प्रतिश्पर्धामा अब्बल हुनु तथा प्रतिश्पर्धिमा सत्रुलाई परास्त गर्न जरुरि हुन्छ । नबौ भावले प्रशासनिक क्षमताको प्रतिनिधित्व गर्दछ जुन क्षमता राजनेतामा हुनु आवस्यक हुन्छ । दसौ महत्वपुर्ण भाव जसले राज्यको तथा सरकारको प्रतिनिधित्व गर्दछ । एघारौ भाव जसले संसद को प्रतिनिधित्व गर्दछ । राज्यको कार्यकारि पदका पुग्नको लागि चुनाव जित्नु पर्ने तथा संसद हुनुपर्ने हुन्छ जुन एघारौ भाव हेर्नु पर्दछ । कर्कट , सिंह, तुला, धनु तथा मकर रासिले राजनितिलार्ई सम्बोधित गर्दछ । सफल राजनेता हुनका लागि माथिको रासि तथा लग्न हुन उत्तम मानिन्छ । माथि उल्लेखित  भाव तथा भावेसहरुको एक आपसमा पहिलो भाव ,चौधौ भाव, पञ्चम भाव नबौ भाव दसौ भावमा तथा एघारौ भावमा यूक्ति भएको छ । एक आपसमा घर  परिबतर्तन भएको छ तथा एक आपसमा दृष्टिसम्बन्ध भएमा राजयोग बन्दछ र सफल राजनेता भई समाजमा सम्मनित जीवन ब्यातित गर्दछ ।  
के तपाईको कुण्डलिमा राजयोग परेको छ ? सम्पर्क ९८५११७८४५९

No comments:

Post a Comment