बिदेश यात्राको योग
संसारमा कुनै न कुनै ब्याक्तिको बिदेश जाने मन हुन्छ । चाहे कम समयको लागि होस् वा बढि समयको लागी । पढ्ने शिलशिलामा, कामको शिलशिलामा, घुम्नको लागि वा स्थाई बसोबासको लागि बिदेश यात्रा गरिन्छ । तर सबै ब्याक्तिको बिदेश जाने योग हुदैन । ज्योतिष शाष्त्र अनुशार कुण्डलिमा बिदेशयात्राको योग भए मात्र बिदेश यात्रा हुन्छ । कुण्डलिमा १२ भाव हुन्छन् जस अनुशार नबौ भावबाट लामो यात्रा हेरिन्छ भने तेस्रे भावबाट छोटो यात्राको संकेत मिल्दछ । बाह्रोभाव बिदेश यात्राको प्रमुख भाव हो । राहु, शनि,सूर्य अल्गाववादी ग्रह हो । राहु बिदेश यात्राको प्रमुख कारक ग्रह हो यदि बाह्रो भाव बिदेस यात्रा सँग सम्बन्धित नबौ भावसँग सम्बन्ध राख्छ भने बिदेश यात्रा हुनेछ । यदि बाह्रौ भावको सम्बन्ध तेस्रो भावसँग भए छोटो छोटो यात्रा अधिक हुनेछ । आठौ भाव सामुन्द्रि यात्राको भाव हो यस कारण आठौभावको सम्बन्ध यदि तेस्रो भाव सँग तथा नबौभाव सँग भयो भने बिदेश यात्रा हुनेछ । चतुर्थभाव घर जग्गा तथा जमिनको भाव हो जुन हाम्रो जन्म स्थान तथा जन्म भुमि भनिन्छ । तेस्रोभाव चतुर्थभावको हानि स्थान हो त्यसैले तेस्रो भाव घरबाट टाडा जाने भाव पनि भनिन्छ । यदि तेस्रो भावको सम्बन्ध बाह्रो भावसँग भए बिदेस यात्रा हुनेछ तथा छोटो छोटो यात्रा भईरहन्छ ।
चतुर्थभावको सम्बन्ध नवौ भावसँग तथा बाह्रो भावसँग भए ब्याक्तिको बिदेश यात्रा अध्ययन को लागि हुनेछ वा अध्यापन(त्भबअजष्लन)को लागि हुनेछ जस्को कारण ब्याक्तिको बिदेशमा भाग्य उदय हुनेछ । सातौ भाव बिवाह तथा साझेदारि ब्याबसायको लागि हेरिन्छ यदि सातौ भावको सम्बन्ध बाह्रो भावसँग, तेस्रो भावसँग, नबौ भावसँग तथा आठौभावसँग भए बिवाह पश्चात बिदेस यात्रा हुनेछ । भावत् भाबम नियम अनुशार दसम भावबाट दसम स्थान यानिकि सातौ भाव शुक्ष्म कर्मस्थान पनि भनिन्छ । सातौ भावको सम्बन्ध यदि बाह्रो भावसँग, तेस्रो भावसँग तथा नबौभावसँग भए ब्याक्ति आफ्नो ब्यापार तथा कारोबारको लागि बिदेश यात्रा गर्दछ । यदि बाह्रौ भावको सम्बन्ध तेस्रोभावसँग, नवौभावसँग छ र तेसमा छैटौ भावकोपनि सम्बन्ध भए अफिसियल टुर यानिकि कार्यालयको कामको शिलशिलामा यात्रा हुनेछ । बिदेश यात्राको लागि नबम भावमा चर वा दिस्वभाव रासि( मेष,कर्कट,तुला,मकर, मिथुन कन्या, धनु तथा मिन) हुन जरुरि हुन्छ र यदि कुनैपनि ब्याक्तिको कुण्डलिमा पाँच वा पाँचभन्दा बढि ग्रहहरु चर रासिमा भए सधैभरि यात्रा गरिरहनेछ जसको आधि वा त्योभन्दा बढि उमेर यात्रामानै बित्नेछ ।
यदि तपाईपनि बिदेश जाने सोचमा हुनुहुन्छ ? सम्पर्क ९८५११७८४५९
No comments:
Post a Comment