आज २०७३ भाद्र २ गते श्रावन शुक्ल पुर्णिमा । रक्षा बन्धन तथा जनै पूर्णिमा । आजको दिन हिन्दु धार्मिक परम्परा अनुसार पुरानो जनै फेरेर नयाँ (यज्ञोपबित) धारण गर्ने तथा रक्षाबन्धन र ऋषितर्पणी पूर्णिमा धुमधामका साथ मनाउने परम्परा रहि आएको छ । आज बिहानै उठि नुहाएर चोखो भएर जौ तिल कुषद्धारा बिधिवत ऋषितर्पणी गरि नयाँ जनै फेर्ने चलान छ त्यस्तै आजको दिन दाजुभाई तथा दिदिबहिनिहरुले मन्त्रित रक्षा बन्धन बाधि एक आपसमा खुसि साट्दछन् ।
जनै पूर्णिमा तथा रक्षाबन्धनको बर्णन बिभिन्न धार्मिक तथा पौराणिक शाष्त्रहरुमा बर्णन गरिएको छ । भबिश्य पुराणमा उल्लेख भए अनुशार सत्ययुगमा बारम्बार युद्धमा दानवराज दानवेन्द्रो महाबलद्धारा देवताहरु तथा ईन्द्र पनि हारेर भागेका थिए पछि बृहस्पतिले रक्षा बिधान तयार पारि बाँधेका मंत्रित रक्षासुत्रका कारण फेरि पछि देवराज ईन्द्र बिजयि भएको चर्चा गरिएको छ र आजसम्म त्यहि कथनबाट प्रेरित भएर रक्षाबन्धनको परम्परालाई हिन्दुहरुले धुमधामकासाथ मान्दै आएका छन् । श्रीमहाभागवत्मा लेखिए अनुशार आफ्नो जप, तप तथा तपस्याबाट भववान बिश्णुलाई बन्धनमा राखिएको र बिश्णु नफर्किएपछि माता लक्ष्मीले रक्षाबन्धन बाधि आफ्नो भाई बनाई मुक्त गरेको दिन श्रावण शुक्ल पुर्णिमाकै दिन रहेकोले त्यसैदिन बाट रक्षाबन्धनको चलन बसेको धार्मिक बिश्वास रहि आएको छ ।
रक्षाबन्धन तथा ऋषिपुर्णिमाको अवसरमा नेपाल लगाएत भारत देशहरुमा पुरानो जनै फेरेर नया लगाउने तथा हातमा रक्षाबन्धन बाध्ने तथा पुरोहितहरुलाई दक्षिण दिने प्रचलन रहि आएको छ भने दिदिबहिनिहरुले आफ्नो दाजुभाईहरुको दिर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै राखि बाँधीदिने र दाजुभाईहरुले पनि दान दक्षिण दिदिबहिनीहरुलाई दिई मिठो मसिनो खाई मनाउने प्रचलन रहि आएको छ । काठमाडौंका नेवार समुदाएले आजको दिन गुन्हुँपुन्ही मनाउँने गर्दछन् । बिभिन्न किसिमको आवाजबाट बर्षा तथा खेतिगर्ने सिजनको जानकारि गराउने भ्यागुतोले गठेमंगलका दिन नरभक्षि घण्टासुरलाई बाटो भुलाई ढापमा जाकिदिएकोले नेवार समुदायका मानिसहरुले भ्यागुतोको पुजा गर्ने र खाना ख्वाउने प्रचलन रहेको छ । नेवार समुदायले नौ थरि गेडागुडि भिजाई टुसो उम्रेपछि क्वाटी बनाई खाने र आफन्तलाई पनि ख्वाउने प्रचलन रहि आएको छ । यसरि बनाएको क्वाटि खाए कुनै रोग नलाग्ने धार्मिक बिश्वास रहि आएको छ ।
No comments:
Post a Comment