Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Friday, August 26, 2016

पञ्चमाहापुरुष योग 
सूर्य, चन्द्रमा,राहु,केतु बाहेक अरु ग्रह जस्तै मंगल,बुध,बृहस्पती,शुक्र तथा शनि आफ्नो स्वरासि तथा  भए उच्चरासिमा भएर केन्द्रमा बसे पञ्चमाहापुरुष योग बन्दछ । ज्योतिष शाश्त्रमा ९ ग्रह हुन्छन् जसमा सूर्य,चन्द्रमा,राहु तथा केतुको पञ्चमाहापुरुष योगमा सामेल हुदैनन् । मंगल, बुध,बृहस्पती,शुक्र तथा शनि स्वगृह तथा उच्च भएर यदि केन्द्रमा भए(पहिलो भाव,चौथो भाव,सातौ भाव तथा दसम भाव) पञ्चमाहापुरुष योग हुन्छ । पञ्चमाहापुरुष योग पाँच प्रकारका हुन्छन् ।
१ रुचक योग 
२ हंस योग
३ भद्र योग
४ मालब्य योग
५ शस योग 
१ रुचक योग : मंगल मेष तथा बृश्चिकमा स्वरासि  र मकर रासिमा उच्च हुन्छ । मंगल मेष,बृष्चिक तथा मकरमा भएर केन्द्रमा बसे रुचक योग बन्दछ । रुचक योगमा जन्म लिने ब्याक्ति शाहसि,पराक्रमि, राजा वा सेनापति हुन्छ  किनकि मंगल उर्जा तथा शक्तिको कारक ग्रह हो । रुचक योगमा जन्मने ब्याक्ति आकर्षक, भिडभाडमा उसको ब्याक्तित्व अलग देखिन्छ भने तुरुन्त मानिसलाई आफ्नो बसमा पार्दछ । मानिस दिर्घायू तथा धनवान हुन्छ । 
२ भद्र योग : मिथुन रासि तथा कन्या रासिमा बुध स्वरासिको हुन्छ  र कन्या रासिमानै बुध उच्चको हुन्छ । यदि बुध मिथुन तथा कन्या रासिमा भएर केन्द्रमा स्थित भए भद्र योग हुन्छ । भद्रयोगमा जन्मिने ब्याक्ति तेजिलो अनुुहार भएको, निरोगि, शक्तिशालि, धेरै मित्रभएको,सुन्दर, भावुक, धनवान,अल्पभासि हुन्छ । बुध बुद्धिको पनि कारक भएकोले यो योगमा जन्मने ब्याक्ति अत्यन्तै बुद्धिमान तथा लेखा,गणित,ज्योतिष तथा बिज्ञानको ज्ञाता हुन्छ ।
३ हंस योग : कुण्डलिमा बृहस्पती धनु, मिन तथा कर्क रासिमा भएर केन्द्रमा भए हंस  योग बन्दछ किनकि धनु तथा मिनमा बृहस्पति स्वगृह तथा कर्कमा उच्चको हुन्छ । हंसयोगमा जन्मलिने ब्याक्ति शक्तिशालि,सुन्दर शरिर भएको,सबैको प्रिय, उदार,आदर्शवादि,चरित्रवान,अध्यात्मिक हुन्छ । बृहस्पती चच्च ज्ञानको कारक भएकोले ब्याक्ति शिक्षा क्षेत्रमा उच्च पद प्राप्त गर्दछ भने राज्यबाट सम्मानित पद पाउदछ ।
४ मालब्य योग : कुण्डलिमा  शुक्र स्वराशि(बृष,तुला तथा उच्च रासि मिन)मा भई केन्द्रमा भए  मालब्य योग बन्दछ । मालब्य योगमा जन्मलिने ब्याक्ति हेर्नमा सुन्दर,प्रसिद्ध,धनवान,कला साहित्यमा रुचिराख्ने,गाडि तथा बिलाशि बस्तुहरुको अधिक प्रयोग गर्ने, स्पष्ट बिचार भएको हुन्छ । शुक्र यस आराम,शुख सुबिधा तथा भौतिक तथा बिलाशि बस्तुहरको कारक भएको हुनाले यस योगका जन्म लिने ब्याक्ति जीवनमा सबै प्रकारका शुख भोग गर्ने हुन्छ ।
५ शस योेग : शनि मकर,कुम्भ तथा तुला राशिमा केन्द्रमा भए शस योग बन्दछ । शस योगमा जन्म लिने ब्याक्ति बहुत धनवान,प्रशिद्ध तथा सुखि हुन्छ । उद्योग तथा उत्पादक कम्पनिको मालिक हुन्छ भने प्रशिद्ध न्याधिश पनि हुन्छ । यस योगमा जन्म लिने ब्याक्ति अरुको धन तथा सम्पति प्रयोग गर्न निपुर्ण, परस्त्रिगामि तथा अस्वश्थ स्वभावको हुन्छ ।
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
लगनखेल, ललितपुर फोन न. ९८५११७८४५९

No comments:

Post a Comment