आज गाईजात्रा, किन मनाईन्छ गाईजात्रा ?
प्रत्यक वर्ष भाद्र कृष्णपक्षका दिन मनाईने गाईजात्रा पर्ब काठमाडौं उपत्यका सहित देसका बिभिन्न स्थानमा धुमधामका साथ मानिन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भाव बिहवल भएकि रानिलाई दुनियाले पनि एस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्ना आफ्ना मरेका ब्याक्तिका नाममा गाईजात्रा निकालि शहर परिक्रमा गर्न लगाएर रानिको शोक कम गर्न गाईजात्राको प्रचलन शुरु गरेका हुन भन्ने धार्मिक बिश्वास रहेको छ । गाईजात्रा पर्वको दिन दिवंगत आत्माहरुको सम्झनामा पाए गाइनै गाई नपाए मानिसलाई गाईको रुपमा सिंगरपटार गरि आफ्नो आफ्नो क्षेत्र वरिपरि घुमाई यो पर्व मनाईन्छ ।
आजको दिन काठमाडौं तथा बाहिरका नेवार समुदायका मानिसहरुले आफ्ना मृतजनको सम्झनामा रामायणका करुण रसका गित पनि गाउने गर्दछन् । नेपालका हास्यब्यांग कलाकारहरुले हास्यब्यांग कार्यक्रमहरु सञ्चालन गरि मनोरञ्जन प्रदान गर्दछन् । गाईजात्रा भाद्र कृष्ण प्रतिपदाबाट शुरु गरि आठदिनसम्म मनाईन्छ ।
No comments:
Post a Comment