Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Wednesday, February 13, 2019

पञ्चमाहापुरुष योग 
सूर्य, चन्द्रमा,राहु,केतु बाहेक अरु ग्रह जस्तै मंगल,बुध,बृहस्पती,शुक्र तथा शनि आफ्नो स्वरासि तथा  भए उच्चरासिमा भएर केन्द्रमा बसे पञ्चमाहापुरुष योग बन्दछ । ज्योतिष शाश्त्रमा ९ ग्रह हुन्छन् जसमा सूर्य,चन्द्रमा,राहु तथा केतुको पञ्चमाहापुरुष योगमा सामेल हुदैनन् । मंगल, बुध,बृहस्पती,शुक्र तथा शनि स्वगृह तथा उच्च भएर यदि केन्द्रमा भए(पहिलो भाव,चौथो भाव,सातौ भाव तथा दसम भाव) पञ्चमाहापुरुष योग हुन्छ । पञ्चमाहापुरुष योग पाँच प्रकारका हुन्छन् ।
१ रुचक योग 
२ हंस योग
३ भद्र योग
४ मालब्य योग
५ शस योग 
१ रुचक योग : मंगल मेष तथा बृश्चिकमा स्वरासि  र मकर रासिमा उच्च हुन्छ । मंगल मेष,बृष्चिक तथा मकरमा भएर केन्द्रमा बसे रुचक योग बन्दछ । रुचक योगमा जन्म लिने ब्याक्ति शाहसि,पराक्रमि, राजा वा सेनापति हुन्छ  किनकि मंगल उर्जा तथा शक्तिको कारक ग्रह हो । रुचक योगमा जन्मने ब्याक्ति आकर्षक, भिडभाडमा उसको ब्याक्तित्व अलग देखिन्छ भने तुरुन्त मानिसलाई आफ्नो बसमा पार्दछ । मानिस दिर्घायू तथा धनवान हुन्छ । 
२ भद्र योग : मिथुन रासि तथा कन्या रासिमा बुध स्वरासिको हुन्छ  र कन्या रासिमानै बुध उच्चको हुन्छ । यदि बुध मिथुन तथा कन्या रासिमा भएर केन्द्रमा स्थित भए भद्र योग हुन्छ । भद्रयोगमा जन्मिने ब्याक्ति तेजिलो अनुुहार भएको, निरोगि, शक्तिशालि, धेरै मित्रभएको,सुन्दर, भावुक, धनवान,अल्पभासि हुन्छ । बुध बुद्धिको पनि कारक भएकोले यो योगमा जन्मने ब्याक्ति अत्यन्तै बुद्धिमान तथा लेखा,गणित,ज्योतिष तथा बिज्ञानको ज्ञाता हुन्छ ।
३ हंस योग : कुण्डलिमा बृहस्पती धनु, मिन तथा कर्क रासिमा भएर केन्द्रमा भए हंस  योग बन्दछ किनकि धनु तथा मिनमा बृहस्पति स्वगृह तथा कर्कमा उच्चको हुन्छ । हंसयोगमा जन्मलिने ब्याक्ति शक्तिशालि,सुन्दर शरिर भएको,सबैको प्रिय, उदार,आदर्शवादि,चरित्रवान,अध्यात्मिक हुन्छ । बृहस्पती चच्च ज्ञानको कारक भएकोले ब्याक्ति शिक्षा क्षेत्रमा उच्च पद प्राप्त गर्दछ भने राज्यबाट सम्मानित पद पाउदछ ।
४ मालब्य योग : कुण्डलिमा  शुक्र स्वराशि(बृष,तुला तथा उच्च रासि मिन)मा भई केन्द्रमा भए  मालब्य योग बन्दछ । मालब्य योगमा जन्मलिने ब्याक्ति हेर्नमा सुन्दर,प्रसिद्ध,धनवान,कला साहित्यमा रुचिराख्ने,गाडि तथा बिलाशि बस्तुहरुको अधिक प्रयोग गर्ने, स्पष्ट बिचार भएको हुन्छ । शुक्र यस आराम,शुख सुबिधा तथा भौतिक तथा बिलाशि बस्तुहरको कारक भएको हुनाले यस योगका जन्म लिने ब्याक्ति जीवनमा सबै प्रकारका शुख भोग गर्ने हुन्छ ।
५ शस योेग : शनि मकर,कुम्भ तथा तुला राशिमा केन्द्रमा भए शस योग बन्दछ । शस योगमा जन्म लिने ब्याक्ति बहुत धनवान,प्रशिद्ध तथा सुखि हुन्छ । उद्योग तथा उत्पादक कम्पनिको मालिक हुन्छ भने प्रशिद्ध न्याधिश पनि हुन्छ । यस योगमा जन्म लिने ब्याक्ति अरुको धन तथा सम्पति प्रयोग गर्न निपुर्ण, परस्त्रिगामि तथा अस्वश्थ स्वभावको हुन्छ ।
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
ललितपुर फोन न. ९८५११७८४५९

Monday, September 11, 2017

प्रेम बिवाह
जीवनमा सच्चा तथा समर्पित प्रेमको ईच्छा हर कसैलाई हुन्छ । प्रेम प्रकृतिको सुन्दर कल्पना हो । प्रेमबाट नै आत्मिय सुख प्राप्त हुन्छ । कुनै पनि ब्याक्तिको चिना तथा कुण्डली बिश्लेषण गरेर प्रेम बिवाह हुन्छ या मागि बिबाह थाहाँ पाउन सकिन्छ । कुण्डलीमा १२ भाव हुन्छन् जसमध्य पञ्चम भावबाट प्रेम तथा सप्तम भावबाट बिवाह हेरिन्छ । चिना तथा कुण्डलिमा पञ्चमेष तथा सप्तमेषको आपसमा रासि परिवर्तन, यूक्ति तथा दृष्टि सम्बन्ध छ भने प्रेम बिवाहको सम्भावना अधिक हुन्छ । यसै प्रकार पञ्चमेष सप्तम भावमा तथा सप्तमेष पञ्चम भावमा रासि परिवर्तन गरि बसेको भए पनि प्रेम बिवाह हुन्छ । यदि पञ्चमेष को नक्षत्र तथा सप्तमेषको नक्षत्र रासि परिवर्तन गरिरहेको छ भने पनि प्रेम बिवाह हुन्छ । काल पुरुषको कुण्डलीमा मंगल यानिकी मेष लगन को कुण्डलीमा मंगल पुरुष ग्रह हो त्यस्तै सप्तमेष तुला शुक्र स्त्री ग्रह हो कुण्डलीमा मंगल तथा शुक्रको आपसमा सम्बन्ध बन्छ भने प्रेम बिवाह हुन्छ । किनकि मंगल तथा शुक्रको सम्बन्धबाट कामुकतामा बृद्धि हुन्छ तथा ब्याक्ति कामुक हुन्छ । मंगल पौरुष शक्तिको प्रतिक हो भने शुक्र प्रेम को प्रतिक हो यि दुईको एक आपसमा सम्बन्ध, दृष्टि सम्बन्ध तथा रासि परिवर्तन भयो भने प्रेम बिवाह हुन्छ । यदि कुण्डलीमा शुक्र स्वरासि तथा उच्चरासि मा भए पनि प्रेम बिवाहको सम्भावना अधिक हुन्छ ।
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
फोन न. ९८५११७८४५९

Saturday, September 9, 2017

आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिबित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् ।
जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो ।
आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरिरमा भएको बिभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुँन्छौ । हामिले आमा बुबा मरेको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पित्रृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुषे औषिबाटनै पित्रृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिदैनन्, पिण्ड दिन्छन् दिदैनन् भनेर बसिरहेका हुँन्छन् ।
मानिसहरुले खानमा मासुपनि मिलाउँने गर्दछन् । यो समयमा जो मांशहारि हुँनुहुँन्छ ति व्याक्तिहरु शकाहारि हुँनु पर्दछ । जसका माता पिता हुँनुहुन्न उनिहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसि भोजनहरु ग्रहण गर्नुहुदैन । पृत्रिको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटि ग्रहण गर्नपर्दछ । अगाडिनै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमानै श्राद्ध गरिन्छ । जसको कुमार अवस्थामा दिवंगत भएको हुँन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनिहरुको आत्माले शान्ति पाउँछ । आष्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ ।
मात्रृ वनमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पुर्ण स्त्रिहरुको उद्धार हुँन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशि तथा दुवादशि तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा,दुर्घटनामा,अष्त्रसस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसिमा श्राद्ध गर्नुपर्दछ । आफ्ना पित्रृहरुको तिथि थाहा छैन भने औषि तिथिमा श्राद्ध गर्दा सम्पुण पित्रृहरु प्रशन्न हुँन्छन् ।
श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नुपर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै बृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगाएत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरिरमा तेल नलगाउँनु,श्राद्धको दिन अरुको अन्न नखानुनै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुँन ।
श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरि कर्म गर्दछ,जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउँनु हुँदैन । शुद्ध ब्रमाणमा एउटा उर्जा शक्ति हुँन्छ त्यो तपाईका पुर्वजहरुलाई प्राप्त हुँन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भयो । ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराउँनु भयो ।
त्यतिखेर फलफुल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिईन् मैले हाम्रा पुर्वजहरुको अनुहार ब्रमाणहरुको शरिरमा देखि भनेर भनेकि थिईन । जो ब्रमाणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनिहरुको शरिरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउँनु भनिएकोछ । अन्नमा किरा परेकोछ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको भने ति अन्नहरु प्रयोग नगर्नु भनिएकोछ ।
श्राद्धको समयमा मुसुरिको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउँन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुँनाले पित्रृहरु रुष्ट हुँन्छन् । पहेलो सेतो फुलहरु चडाउँनु पर्दछ । चन्दन चलाउँदा पहेलो चलाउँनु पर्दछ । रातो चन्दन चडाउँनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो,मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिर्थ श्राद्धमा कुखुरामो अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पित्रृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ ।
औषिको दिन पित्रृहरु फर्कने दिन भएकोले औषिको दिन साझमा दियो बालिदिने,पृतिहरुको फोटो राख्ने, खिर बनाएरु चडाईदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भएपनि पित्रृहरुलाई सम्झनाले आर्शिबाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छने पित्रृहरुले हर्छन त्यसैले आफ्ना पित्रृहरुलाईखुसि पार्नुपर्दछ ।
घरमा,तिर्थमा,बिष्णपादुकामा,गोकर्णमा,कोटिहोममा,पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पित्रृहरुको श्रदा भक्ति गरेर अनन्य आशिर्बाद हामिले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष,बिजय दशमि तथा शुभ दिपावलि आउँछ तर पहिलो पित्रृहरुको आशिर्वाद लिनु पर्दछ अनि देवताहरुको पुजा गर्नुपर्दछ ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

Monday, August 7, 2017

२०७४ साल श्रावन २३ गते सोमबार खण्डग्रास चन्द्र ग्रहण लाग्ने ।
२०७४ साल श्रावन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुँनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।
खण्डग्रास चन्द्रग्रहण लाग्दा निम्न रासिका ब्याक्तिहरुलाई निम्न फल प्राप्त हुँनेछ ।
मेष रासिलाई सुख, बृषलाई माननास,मिथुनलाई कष्ट,कर्कटलाई स्त्रीपीडा,सिंहलाई सुख,कन्यालाई चिन्ता, तुलालाई व्यथा,बृष्चिकलाई श्रीप्राप्ती,धनुलाई क्षति,मकरलाई घात,कुम्भलाई व्यय र मीनलाई लाभ हुँनेछ । श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर रासिका व्याक्तिहरुलाई अतिकष्ट हुँनेछ ।
श्रवण २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

Friday, November 4, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल कार्तिक २० गते । शनिबार । ईश्वी सन् २०१६ नोबेम्बर ०५ तारिख ।  नेपाल सम्बत् १९३७ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८  । कार्तिक शुक्ल पञ्चमी  १घडी ५८ पला बिहान  ६ बजेर ५८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र पूषा ४० घडी ४५ पला  । काठमाडौंमा सूर्योदय ०६ बजेर १८ मिनेट, सूयास्त बेलुका १७ बजेर १५ जादा । दिनमान २७ घडी २२ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ  । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  । 
बृष (ई ऊ ए ओ बा बि बु वे वा) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ ।
मिथुन (का की कु घ ङ छ के को हा) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ  । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ ।  पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) वादबिवाद तथा प्रतिश्पर्धामा  जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट  तपाईले गरेको काममा सहयोग हुनेछ  । ब्यापार ब्याबसायमा लगानि नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । सवारि साधन चलाउँदा ध्यान दिनुहोला दुर्घटना हुन सक्छ ।  
कन्या (टो पा पि  पू ष ण ठ पे पो) श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको  समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । बिद्यामा गरिएको मेहनेत खेर जाने छैन । आमा तथा आमासरहका ब्याक्तिसँग मनमुटाब बढ्नेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ ।   
तुला ( रा री रु रे रो ता ती तू ते¬) वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ ।  अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् ।  जन सम्पर्क बढ्ने तथा दाजुभाई, छर छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्रा तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । ब्यापाघण्र ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिको संगतले मन प्रशन्न हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) कुटुम्बसँगको सम्बन्धले नयाँ अध्यायको सुरुवात हुनेछ । बोलिको प्रभाब बढ्ने हुँदा महत्वपुर्ण तथा दुरगामि निर्णयहरु आजको दिन गर्नुहोला । पति पत्नि बिच  बिश्वासको नयाँ बाताबरण  बन्नेछ । बिद्यामा अलि बढि मेहनेत गर्नुपर्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । संघर्षका बावजुत पुराना तथा रोकिएर बसेका कामहरु बन्नेछन् । 
धनु (ये यो भा भी भू ध फा ढा भ) समयको गतिलाई समाई अगाडि बढ्न सके गहन बिषयहरुलाई सजिलै हल गर्न सकिनेछ  । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।  सुन्दर पहिरनमा ठाटिएर अरुको मन जित्न सकिनेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी¬) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको यात्रा हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति प्रयोग हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेका बाटनै धोका हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गर्दा फाईदा हुने देखिन्छ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ ।  तरल पदार्थ, पानि तथा  हाईड्रोपावरमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको  छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

Thursday, November 3, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल कार्तिक १९ गते । शुक्रबार । ईश्वी सन् २०१६ नोबेम्बर ०४ तारिख ।  नेपाल सम्बत् १९३७ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८  । कार्तिक शुक्ल पञ्चमी। नक्षत्र मूल ३७ घडी ०५ पला  । काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट, सूयास्त बेलुका १७ बजेर १६ जादा । दिनमान २७ घडी २६ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ । 
बृष (ई ऊ ए ओ बा बि बु वे वा) ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्य सम्बन्धि तथा चिसोको समस्या बड्नेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का की कु घ ङ छ के को हा) साझेदारि ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।  बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ ।  बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि जुर्नेछ ।  कर्कट (हि हु हे हो डा डि डु डे डा) वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच  घनिष्टता बढेर जानेछ । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण, रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । ब्यापार ब्याबसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । 
कन्या (टो पा पि  पू ष ण ठ पे पो) े) कृषि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
तुला ( रा री रु रे रो ता ती तू ते¬) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ   । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा   को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) बोलोको प्रभाब बढ्नेछ । थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्त जन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा पति पत्नि बिच मायाको डोरो झन कसिलो भएर जानेछ । 
धनु (ये यो भा भी भू ध फा ढा भ) समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । तपाईको ब्याक्तित्व प्रति सबैको रुचि बढ्नेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी¬) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला ।  बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्श गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने योग रहेको छ ध्यान दिनुहोला ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिवाद सिर्जना हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा नहुने र दाईहरु सँग मनमुटाब बढ्ने हुदा मन चिन्तित भईरहनेछ । 
मीन (दी दू थ झ ञ दे दो चा चि ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

Wednesday, November 2, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल कार्तिक १८ गते । बिहिबार । ईश्वी सन् २०१६ नोबेम्बर ०३ तारिख ।  नेपाल सम्बत् १९३७ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८  । कार्तिक शुक्ल चतुर्थि । ५८ घडि ३१ पला । नक्षत्र ज्येष्ठा ३२ घडी ०९ पला  । काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट, सूयास्त बेलुका १७ बजेर १६ जादा । दिनमान २७ घडी २९ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आउँने दैनिक समस्याले सताईरहनेछ । माया प्रेममा धोका हुन सक्छ । घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या देखा पर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला ।
बृष (ई ऊ ए ओ बा बि बु वे वा) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ  । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ ।  पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
मिथुन (का की कु घ ङ छ के को हा) ऋण, रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ  । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।  
कर्कट (हि हु हे हो डा डि डु डे डा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट  तपाईले गरेको काममा सहयोग हुनेछ  । ब्यापार ब्याबसायमा लगानि नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । 
सिहं (मा मी मु मे मो टा टि टु ट) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ  । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस हरुबाट कामहरु बन्नेछन् । काम बिग्रने हुँदा मानशिक तनाब बढ्नेछ । 
कन्या (टो पा पि  पू ष ण ठ पे पो) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ   । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्या सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा   को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते¬) कुटुम्बसँगको सम्बन्धले नयाँ अध्यायको सुरुवात हुनेछ । बोलिको प्रभाब बढ्ने हुँदा महत्वपुर्ण तथा दुरगामि निर्णयहरु आजको दिन गर्नुहोला । पति पत्नि बिच  बिश्वासको नयाँ बाताबरण  बन्नेछ । बिद्यामा अलि बढि मेहनेत गर्नुपर्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । संघर्षका बावजुत पुराना तथा रोकिएर बसेका कामहरु बन्नेछन् । 
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) समयको गतिलाई समाई अगाडि बढ्न सके गहन बिषयहरुलाई सजिलै हल गर्न सकिनेछ  । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।  सुन्दर पहिरनमा ठाटिएर अरुको मन जित्न सकिनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको यात्रा हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति प्रयोग हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेका बाटनै धोका हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गर्दा फाईदा हुने देखिन्छ ।
मकर (भो जा जी  खी खू खे खो गा गी¬) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ ।  तरल पदार्थ, पानि तथा  हाईड्रोपावरमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि समाल्नु पर्नेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायमा कम आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ । 
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।