Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Thursday, November 3, 2016

आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, 
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल कार्तिक १९ गते । शुक्रबार । ईश्वी सन् २०१६ नोबेम्बर ०४ तारिख ।  नेपाल सम्बत् १९३७ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८  । कार्तिक शुक्ल पञ्चमी। नक्षत्र मूल ३७ घडी ०५ पला  । काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट, सूयास्त बेलुका १७ बजेर १६ जादा । दिनमान २७ घडी २६ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा गम्भिरता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ । 
बृष (ई ऊ ए ओ बा बि बु वे वा) ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्य सम्बन्धि तथा चिसोको समस्या बड्नेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का की कु घ ङ छ के को हा) साझेदारि ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ ।  बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ ।  बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर पनि जुर्नेछ ।  कर्कट (हि हु हे हो डा डि डु डे डा) वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् तथा न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच  घनिष्टता बढेर जानेछ । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण, रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । ब्यापार ब्याबसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरिबाट तपाईको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । 
कन्या (टो पा पि  पू ष ण ठ पे पो) े) कृषि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
तुला ( रा री रु रे रो ता ती तू ते¬) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ   । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा   को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) बोलोको प्रभाब बढ्नेछ । थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्त जन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा पति पत्नि बिच मायाको डोरो झन कसिलो भएर जानेछ । 
धनु (ये यो भा भी भू ध फा ढा भ) समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । तपाईको ब्याक्तित्व प्रति सबैको रुचि बढ्नेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी¬) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउदा राम्रो होला ।  बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । बैदेशिक यात्राको तय हुनेछ । आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्श गर्नु पर्नेछ । अनाबस्यक काममा खर्च हुने योग रहेको छ ध्यान दिनुहोला ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्नेछ । काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिवाद सिर्जना हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । कामहरु समयमा नहुने र दाईहरु सँग मनमुटाब बढ्ने हुदा मन चिन्तित भईरहनेछ । 
मीन (दी दू थ झ ञ दे दो चा चि ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment