Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Monday, September 11, 2017

प्रेम बिवाह
जीवनमा सच्चा तथा समर्पित प्रेमको ईच्छा हर कसैलाई हुन्छ । प्रेम प्रकृतिको सुन्दर कल्पना हो । प्रेमबाट नै आत्मिय सुख प्राप्त हुन्छ । कुनै पनि ब्याक्तिको चिना तथा कुण्डली बिश्लेषण गरेर प्रेम बिवाह हुन्छ या मागि बिबाह थाहाँ पाउन सकिन्छ । कुण्डलीमा १२ भाव हुन्छन् जसमध्य पञ्चम भावबाट प्रेम तथा सप्तम भावबाट बिवाह हेरिन्छ । चिना तथा कुण्डलिमा पञ्चमेष तथा सप्तमेषको आपसमा रासि परिवर्तन, यूक्ति तथा दृष्टि सम्बन्ध छ भने प्रेम बिवाहको सम्भावना अधिक हुन्छ । यसै प्रकार पञ्चमेष सप्तम भावमा तथा सप्तमेष पञ्चम भावमा रासि परिवर्तन गरि बसेको भए पनि प्रेम बिवाह हुन्छ । यदि पञ्चमेष को नक्षत्र तथा सप्तमेषको नक्षत्र रासि परिवर्तन गरिरहेको छ भने पनि प्रेम बिवाह हुन्छ । काल पुरुषको कुण्डलीमा मंगल यानिकी मेष लगन को कुण्डलीमा मंगल पुरुष ग्रह हो त्यस्तै सप्तमेष तुला शुक्र स्त्री ग्रह हो कुण्डलीमा मंगल तथा शुक्रको आपसमा सम्बन्ध बन्छ भने प्रेम बिवाह हुन्छ । किनकि मंगल तथा शुक्रको सम्बन्धबाट कामुकतामा बृद्धि हुन्छ तथा ब्याक्ति कामुक हुन्छ । मंगल पौरुष शक्तिको प्रतिक हो भने शुक्र प्रेम को प्रतिक हो यि दुईको एक आपसमा सम्बन्ध, दृष्टि सम्बन्ध तथा रासि परिवर्तन भयो भने प्रेम बिवाह हुन्छ । यदि कुण्डलीमा शुक्र स्वरासि तथा उच्चरासि मा भए पनि प्रेम बिवाहको सम्भावना अधिक हुन्छ ।
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
फोन न. ९८५११७८४५९

No comments:

Post a Comment