प्रेम बिवाह
जीवनमा सच्चा तथा समर्पित प्रेमको ईच्छा हर कसैलाई हुन्छ । प्रेम प्रकृतिको सुन्दर कल्पना हो । प्रेमबाट नै आत्मिय सुख प्राप्त हुन्छ । कुनै पनि ब्याक्तिको चिना तथा कुण्डली बिश्लेषण गरेर प्रेम बिवाह हुन्छ या मागि बिबाह थाहाँ पाउन सकिन्छ । कुण्डलीमा १२ भाव हुन्छन् जसमध्य पञ्चम भावबाट प्रेम तथा सप्तम भावबाट बिवाह हेरिन्छ । चिना तथा कुण्डलिमा पञ्चमेष तथा सप्तमेषको आपसमा रासि परिवर्तन, यूक्ति तथा दृष्टि सम्बन्ध छ भने प्रेम बिवाहको सम्भावना अधिक हुन्छ । यसै प्रकार पञ्चमेष सप्तम भावमा तथा सप्तमेष पञ्चम भावमा रासि परिवर्तन गरि बसेको भए पनि प्रेम बिवाह हुन्छ । यदि पञ्चमेष को नक्षत्र तथा सप्तमेषको नक्षत्र रासि परिवर्तन गरिरहेको छ भने पनि प्रेम बिवाह हुन्छ । काल पुरुषको कुण्डलीमा मंगल यानिकी मेष लगन को कुण्डलीमा मंगल पुरुष ग्रह हो त्यस्तै सप्तमेष तुला शुक्र स्त्री ग्रह हो कुण्डलीमा मंगल तथा शुक्रको आपसमा सम्बन्ध बन्छ भने प्रेम बिवाह हुन्छ । किनकि मंगल तथा शुक्रको सम्बन्धबाट कामुकतामा बृद्धि हुन्छ तथा ब्याक्ति कामुक हुन्छ । मंगल पौरुष शक्तिको प्रतिक हो भने शुक्र प्रेम को प्रतिक हो यि दुईको एक आपसमा सम्बन्ध, दृष्टि सम्बन्ध तथा रासि परिवर्तन भयो भने प्रेम बिवाह हुन्छ । यदि कुण्डलीमा शुक्र स्वरासि तथा उच्चरासि मा भए पनि प्रेम बिवाहको सम्भावना अधिक हुन्छ ।
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
फोन न. ९८५११७८४५९
Astrologer Durga prasad Bhandari is Famous astrologer of Nepal and all around the world. The way he predict is magical and based on Vedic astrology. Astrologer can be assured about the exact time duration of event.
Featured Post
Astrology for life
In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...
Monday, September 11, 2017
Saturday, September 9, 2017
आष्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जिबित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् ।
जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो ।
जसले जिवित आमा बुवाको राम्रो सँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवीत हुँदानै खानदियो लाउँन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानि हो ।
आफ्ना आमा बुबाको तिथिमा श्राद्ध गरेर हाम्रो शरिरमा भएको बिभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुँन्छौ । हामिले आमा बुबा मरेको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्सभरिनै पित्रृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पित्रृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुषे औषिबाटनै पित्रृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिदैनन्, पिण्ड दिन्छन् दिदैनन् भनेर बसिरहेका हुँन्छन् ।
मानिसहरुले खानमा मासुपनि मिलाउँने गर्दछन् । यो समयमा जो मांशहारि हुँनुहुँन्छ ति व्याक्तिहरु शकाहारि हुँनु पर्दछ । जसका माता पिता हुँनुहुन्न उनिहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसि भोजनहरु ग्रहण गर्नुहुदैन । पृत्रिको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटि ग्रहण गर्नपर्दछ । अगाडिनै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमानै श्राद्ध गरिन्छ । जसको कुमार अवस्थामा दिवंगत भएको हुँन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनिहरुको आत्माले शान्ति पाउँछ । आष्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ ।
मात्रृ वनमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पुर्ण स्त्रिहरुको उद्धार हुँन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ । परिवारका पुर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशि तथा दुवादशि तिथिमा श्राद्ध गर्नुपर्दछ । जसको अकालमा,दुर्घटनामा,अष्त्रसस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसिमा श्राद्ध गर्नुपर्दछ । आफ्ना पित्रृहरुको तिथि थाहा छैन भने औषि तिथिमा श्राद्ध गर्दा सम्पुण पित्रृहरु प्रशन्न हुँन्छन् ।
श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नुपर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै बृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगाएत यस्तै बस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरिरमा तेल नलगाउँनु,श्राद्धको दिन अरुको अन्न नखानुनै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुँन ।
श्राद्धमा पढ्नको लागि गरिने ब्रमाणहरु जो चोरि कर्म गर्दछ,जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउँनु हुँदैन । शुद्ध ब्रमाणमा एउटा उर्जा शक्ति हुँन्छ त्यो तपाईका पुर्वजहरुलाई प्राप्त हुँन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भयो । ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराउँनु भयो ।
त्यतिखेर फलफुल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जबाफ दिईन् मैले हाम्रा पुर्वजहरुको अनुहार ब्रमाणहरुको शरिरमा देखि भनेर भनेकि थिईन । जो ब्रमाणहरुले मासु खाएर शाश्त्र पढ्दछ तिनिहरुको शरिरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउँनु भनिएकोछ । अन्नमा किरा परेकोछ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको भने ति अन्नहरु प्रयोग नगर्नु भनिएकोछ ।
श्राद्धको समयमा मुसुरिको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउँन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुँनाले पित्रृहरु रुष्ट हुँन्छन् । पहेलो सेतो फुलहरु चडाउँनु पर्दछ । चन्दन चलाउँदा पहेलो चलाउँनु पर्दछ । रातो चन्दन चडाउँनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जिन्छ एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो,मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिर्थ श्राद्धमा कुखुरामो अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पित्रृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ ।
औषिको दिन पित्रृहरु फर्कने दिन भएकोले औषिको दिन साझमा दियो बालिदिने,पृतिहरुको फोटो राख्ने, खिर बनाएरु चडाईदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भएपनि पित्रृहरुलाई सम्झनाले आर्शिबाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छने पित्रृहरुले हर्छन त्यसैले आफ्ना पित्रृहरुलाईखुसि पार्नुपर्दछ ।
घरमा,तिर्थमा,बिष्णपादुकामा,गोकर्णमा,कोटिहोममा,पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पित्रृहरुको श्रदा भक्ति गरेर अनन्य आशिर्बाद हामिले लिनु पर्दछ । सोह्रश्राद पछि तुरुन्तै दुर्गा पक्ष,बिजय दशमि तथा शुभ दिपावलि आउँछ तर पहिलो पित्रृहरुको आशिर्वाद लिनु पर्दछ अनि देवताहरुको पुजा गर्नुपर्दछ ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
Monday, August 7, 2017
२०७४ साल श्रावन २३ गते सोमबार खण्डग्रास चन्द्र ग्रहण लाग्ने ।
२०७४ साल श्रावन २३ गते रातको समयमा खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जादा मध्य हुँनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ ।
खण्डग्रास चन्द्रग्रहण लाग्दा निम्न रासिका ब्याक्तिहरुलाई निम्न फल प्राप्त हुँनेछ ।
मेष रासिलाई सुख, बृषलाई माननास,मिथुनलाई कष्ट,कर्कटलाई स्त्रीपीडा,सिंहलाई सुख,कन्यालाई चिन्ता, तुलालाई व्यथा,बृष्चिकलाई श्रीप्राप्ती,धनुलाई क्षति,मकरलाई घात,कुम्भलाई व्यय र मीनलाई लाभ हुँनेछ । श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर रासिका व्याक्तिहरुलाई अतिकष्ट हुँनेछ ।
मेष रासिलाई सुख, बृषलाई माननास,मिथुनलाई कष्ट,कर्कटलाई स्त्रीपीडा,सिंहलाई सुख,कन्यालाई चिन्ता, तुलालाई व्यथा,बृष्चिकलाई श्रीप्राप्ती,धनुलाई क्षति,मकरलाई घात,कुम्भलाई व्यय र मीनलाई लाभ हुँनेछ । श्रवण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर रासिका व्याक्तिहरुलाई अतिकष्ट हुँनेछ ।
श्रवण २३ गते सोमबार दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
Subscribe to:
Posts (Atom)