आजको राशिफल
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,
लगनखेल,९८५११७८४५९
बि.स. २०७३ साल कार्तिक १५ गते । सोमबार । ईश्वी सन् २०१६ अक्टोबर ३१ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनामसंवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९३८ । कार्तिक शुक्ल प्रतिपदा । नक्षत्र स्वाति १३ घडी २८ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर १५ मिनेट, सूयास्त बेलुका १७ बजेर १९ जादा । दिनमान २७ घडी ४० पला । गोवद्र्धन पूजा,म्हपूजा , नेपाल सम्बत १९३७ आरम्भ ।
मेष (चु चे चो ला लि लु ले लो अ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वा) ऋण, रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
मिथुन (का की कु घ ङ छ के को हा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । ब्यापार ब्याबसायमा लगानि नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डा) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस हरुबाट कामहरु बन्नेछन् । काम बिग्रने हुँदा मानशिक तनाब बढ्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु ट) पराक्रम बढ्नेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुमधुर भएर जानेछ । बिद्या सफलता प्राप्त हुनेछ । छोटो तथा रमाईलो यात्रा को तय हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
कन्या (टो पा पि पू ष ण ठ पे पो) कुटुम्बसँगको सम्बन्धले नयाँ अध्यायको सुरुवात हुनेछ । बोलिको प्रभाब बढ्ने हुँदा महत्वपुर्ण तथा दुरगामि निर्णयहरु आजको दिन गर्नुहोला । पति पत्नि बिच बिश्वासको नयाँ बाताबरण बन्नेछ । बिद्यामा अलि बढि मेहनेत गर्नुपर्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । संघर्षका बावजुत पुराना तथा रोकिएर बसेका कामहरु बन्नेछन् ।
तुला ( रा री रु रे रो ता ती तू ते ) समयको गतिलाई समाई अगाडि बढ्न सके गहन बिषयहरुलाई सजिलै हल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ । सुन्दर पहिरनमा ठाटिएर अरुको मन जित्न सकिनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको यात्रा हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति प्रयोग हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेका बाटनै धोका हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गर्दा फाईदा हुने देखिन्छ ।
धनु (ये यो भा भी भू ध फा ढा भ) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । तरल पदार्थ, पानि तथा हाईड्रोपावरमा लगानि गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
मकर (भो जा जी खी खू खे खो गा गी¬) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि समाल्नु पर्नेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा) धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाट हुनेछ । लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्य सम्बन्धि तथा चिसोको समस्या बड्नेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।
No comments:
Post a Comment