होलि पर्ब प्रत्यक बर्ष फाल्गुन पुर्णिमाको दिन मनाईने एक रमाईलो पर्ब हो । मानिसहरु आफ्नो काम धन्दा धाति राखेर तथा बिर्शेर अबिर तथा रङसंगै खुसि साटासाट गर्दछन् । होलि किन मनाईन्छ यस बिषयमा शाश्त्रिय मान्यता जोडिएको छ ।
हिरण्यकश्यप एक राक्षस थियो । उसको पुत्र प्रहलाद बिश्णु भक्त थिए । प्रहलाद हरेक दिन भगवान बिश्णुको पुजा तथा आराधना गर्दथे तर यो कुरा राक्षस हिरण्यकस्यपलाई मन परेको थिएन । राक्षस हिरण्यकश्यपले आफ्नो छोरालाई बारम्बार सम्झायो तथा बिभिन्न किसिमको यातना पनि दियो तर प्रल्लादलाई भगवान बिश्णुको कृपाले गर्दा केहि हुदैनथ्यो । भगवान बिश्णुको नाम लिन तथा पुजा आराधना गर्न नछोडेपछि हिरण्प कस्यपले प्रहलाद मार्नको निम्ती आफ्नी बहिनी होलिका लाई नियुक्ति गर्यो । होलिकालाई आगोले नजल्ने बरदान प्राप्त थियो । होलिकाले आफनो दाजु राक्षसको प्रहलाद मार्ने ईच्छा पुरा गर्न प्रहलादलाई लिएर चितामा पसिन् । त्यहाँ दैबी चमत्कार भयो बिश्णुभक्त प्रहलादलाई केहि भएन उनि सकुसल भए तर होलिका आगोले जलेर भस्म भईन ।
सत्य तथा भक्ति को बिजय भयो तथा राक्षस तथा असत्यको पराजय भयो । त्यहि दिन देखि असत्यको हार तथा सत्यको जितको घोषणा भयो । प्रहलाद बाचेको र होलिका मारियको स्मितिमा प्रत्यक बर्ष होलि पर्ब मनाउन थालिएको हो ।
No comments:
Post a Comment